उर्गेन लामाको ‘फूलको माला’ मा कुबेर र ज्योति

गायक उर्गेन लामाको ‘फूलको माला उनेर’ को भिडियो सार्वजनिक भएको छ l जसमा ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र ज्योति प्रसाईले अभिनय गरेका छन् l कुवेरले यसअघि पनि केही भिडियोमा अभिनय गरिसकेका छन् भने ज्योतिको यो डेब्यु म्युजिक भिडियो हो l

उर्गेन डि. लामा एक पुराना गायक हुन् । लगभग दुई दशक अघिदेखि साङ्गीतिक क्षेत्रमा लागेका उर्गेनले यसअघि दजनौं गीत गाईसकेको बताएका छन् l उनी केही समयको अन्तरालपछि आफ्नै गीतको भिडियो डाइरेक्शन सहित साङ्गीतिक क्षेत्रमा पुनः आएका हुन् l म्युजिक भिडियोको छायाङ्कन काभ्रेको सुन्दर गाउँ तेमालमा गरिएको छ l उर्गेन स्वयम्को शब्द र सङ्गीत समेत रहेको यो गीतको भिडियो ह्यारी महर्जनले छायाङ्कन गरेका हुन् l भिडियो एशियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l

video link