‘हट डान्सिङ बीट’ को भिडियो सार्वजनिक

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले जाडो यामलाई लक्ष्यित गर्दै हट डान्सिङ बीटको  ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्  । अर्जुन सुनाम र विन्दु परियारको स्वर रहेको सो गीतको भिडियो हालै युट्युबबाट सार्वजनिक गरिएको छ । सुविसुधा आचार्यको शब्द तथा झलक सङ्गीतमको सङ्गीत रहेको यस गीतको भिडियोमा अनिल तामाङको कोरियोग्राफी र एकान्त मगरको सम्पादन रहेको छ भने एकान्त मगर, जुना आले मगर, खुशिका मगराती लगायतका कलाकारलाई भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो श्रृष्टि किड्स टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

video link