प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ सम्पन्न

‘एपिक नेपाल म्युजिक प्रा. लि.’ को आयोजनामा गत माघ ४ गते प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ l  ठमेलस्थित छाया सेन्टरमा आयोजित सो अवार्ड समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । समारोहमा राष्ट्रिय भावको गीतमा कला पंगेनी, लोकगीतमा प्रकाश सपुत, आधुनिक गीतमा रमेशराज भट्टराई, लोकदोहोरी गायक पुरुषतर्फ खुमन अधिकारी र महिलातर्फ पूर्णकला बीसी, लोकदोहोरी नवगायिका सुनितामी परियार, लोकदोहोरी शब्दमा शिव हमाल, लोकदोहोरी लयमा कस्तुप पन्त, लोकदोहोरी एरेन्जर केशव वडू, लोकदोहोरी एरेन्जर जुरी अवार्ड जुजु गुरुङ, लोकदोहोरी छायाकार करण चैसिर, लोकदोहोरी छायाकार जुरी अवार्ड वासु बराल, लोकदोहोरी निर्देशक अभिनयतर्फ कपिल लामा, लोकदोहोरी निर्देशन कोरियोग्राफर विक्रम चौहान, लोकदोहोरी निर्देशन जुरी अवार्ड शंकर बीसी, लोकदोहोरी मोडल पुरुषतर्फ विमल अधिकारी, लोकदोहोरी मोडल जुरी अवार्ड वुद्धवीर थापा, लोकदोहोरी मोडल डान्स पुरुष दिनेश थापा, लोकदोहोरी मोडल महिला मन्जिता के सी, लोकदोहोरी मोडल महिला नृत्यतर्फ दिपाशा बिसी, लोकदोहोरी नव मोडल अभिनय साया भण्डारी, लोकदोहोरी सम्पादक अविनाश डिसी आदिले अवार्ड जितेका छन् भने आधुनिकतर्फ गायक स्वरुपराज आचार्य, गायिका प्रविशा अधिकारी, नव गायिका भावना आचार्य, एरेन्जर भूवन प्रकाश वडू, शब्द एकनारायण भण्डारी, छायाकार मुकेश हुमागाईं, जुरी अवार्ड उत्सव दाहाल, सङ्गीत राजकुमार बगर, भिडियो निर्देशक देवेन्द्र पाण्डे, मोडल पुरुष सनम कठायत, मोडल जुरी अवार्ड दुर्गेश थापा, नव मोडल अर्जुन थापा, मोडल महिला सगुन शाही, नव मोडल महिला राजकुमारी तामाङ, भिडियो सम्पादक मिलन श्रेष्ठ र साइस शाक्य, पप गायक रोशन शिंह, लोकपप नव गायक म्याक्स नेपाल, पप/लोकपप शब्द किरण चेम्जोङ, पप/लोकपप मोडल पुरुष लोमेश शर्मा, पप/लोकपप भिडियो निर्देशक अशोक बिक, पप/लोकपप सङ्गीतकार राजेन्द्र भट्ट आदिले सर्वोत्कृष्टको अवार्ड चुमेका छन् l                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              समारोहमा कूल ६६ सर्जक, कलाकार र प्राविधिककरुले अवार्ड प्राप्तगरेका थिए भने नेपाली सुगम सङ्गीतका धरोहर भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जनही रु.११ हजार १ सय ११ नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो l

यसैगरी समारोहमा विभिन्न संचार संस्थामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरुलाई समेत ‘एपिक नेपाल कला पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको थियो l जस अन्तर्गत  न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका  कमला जोशी, म्युजिक डायरी मासिकका तुलसी गिरी ‘भावुक’, प्रकाश साप्ताहिकका दीपक पाण्डे, मिर्मिरे एफएमका राजु बोहरा, हिमालयन टाइम्सका गोपीकृष्ण चौंलागाई र प्राइम टाइम टिभीका ऋषि धमला सम्मानित भएका थिए l समारोह टिभी टुडेबाट प्रत्यक्ष प्रसारणमा थियो भने कार्यक्रम लोकप्रिय संचारकर्मी एवं सिनेकर्मी दिनेश डिसीले संचालन गरेका थिए ।
पत्रकार सुमन बैरागी र म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ अवार्ड जुरीमा रहेको कुरा केही हप्ता अघि सम्पन्न उत्कृष्ट ५ का नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको समारोहमा नै जानकारी गराईएको थियो l अवार्ड आयोजक कमिटीको अध्यक्षमा अमन श्रेष्ठ, उपाध्यक्षमा गौतम शेर्पा, सचिवमा गोकर्ण लामिछाने, सदस्यहरुमा ओम श्रेष्ठ, पुष्कर अर्याल. चिरन्जीवी ढकाल र रोशन पोखरेल रहेका थिए भने संयोजकको जिम्मेवारी राजेन्द्र पुरीले सम्हालेका थिए l