स्वदेशी-विदेशी चलचित्रका सबै जानकारी अब ‘फिल्मी फुच्चे’ एपमा

नेपालका सबै चलचित्र प्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा ‘फिल्मी फुच्चे’ एप सार्वजनिक भएको छ। यस एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामग्री जस्तै- कुनै चलचित्रको ट्रेलर या गीत सार्वजनिक भए लगत्तै एपमा अपडेट पाइने छ। त्यसबाहेक नेपाली चलचित्र प्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महसुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी ‘फिल्मी फुच्चे’ एपमा एकैठाउँ भेट्न सक्ने छन् । अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्ने छ भने केही समयमै आइफोन प्रयोगकर्ताहरुको लागि यो एप सार्वजनिक गरिने कुरा बताईएको छ।