प्रेम र पूर्णकलाको आवाजमा ‘जोगी’ सार्वजनिक

पछिल्लो समय नेपाली लोकगीत सङ्गीतको बजार फराकिलो हुँदै गहिरहेको छ । अन्य गीत-सङ्गीतको तुलनामा लोकगीत सुन्न – हेर्न रुचाउँने दर्शन – श्रोता देश तथा बिदेशमा प्रशस्तै छ्न् । सुन्दा आनन्द, सरल र सहज सिर्जना, नेपालीहरुको जनजीवनमा घटेकै विषयबस्तु टप्प टिपेर तयार गरिने लोकदोहोरी अत्यन्तै लोकप्रिय विधा पनि हो ।

एक दिनमै कैयौं गीतका अडियो र म्युजिक भिडियोहरु सार्वजनिक भईरहने लोक सङ्गीतको बजारमा भर्खरै मात्र आरती मिडियाको प्रस्तुतिमा नयाँ गीत ‘जोगी’ को भिडियो सार्वजनिक भएको छ । विगत लामो समयदेखि लोकसङ्गीतमा आवद्ध रहेका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनु र पूर्णकला बिसीको आवाजमा रहेको यस गीतमा भाका गायक स्वयंले बनाएका छन् भने किस्ना आचार्य रोशनीको शब्द सिर्जना रहेको छ । प्रेमकै निर्देशनमा तयार भएको गीतको भिडियोमा गोविन्द बिष्टको छायाङ्कन र सम्पादन रहेको छ । म्युजिक भिडियोमा युदिन न्यौपाने, सोना केसी र अर्जुन कँडेलको अभिनय देख्न पाइन्छ ।