‘नेपाल लोक स्टार’ को ‘प्रि अडिशन’ मिति सर्यो, फागुन १६ देखि धनगढीबाट सुरु हुने

नेपालकै हालसम्मको ठूलो राशी ५० लाख प्रथम पुरस्कार भएको रियालिटी शो ‘नेपाल लोक स्टार’ को अडिशन मिति केही पछि सरेको छ l अवार्ड संयोजक तथा आयोजक संस्था ‘चाहना मिडिया प्रा. लि.’ का अध्यक्ष सहदेव कोईरालाका अनुसार आगामी फागुन १६ देखि सुदूरपश्चिमको धनगढीबाट पहिलो चरणको ‘प्रि अडिशन’ सुरु हुने छ भने फागुनको २२ गते सुर्खेत, २८ गते बुटवल,  चैत ४ गते पोखरा, १० गते वीरेन्द्रनगर र १६ गते जनकपुरमा अडिशन हुने छ l चैत २२ गते काठमान्डौमा अन्तिम चरणको ‘प्रि अडिशन’ सुरु हुने छ l

‘प्रि अडिशन’ को पूर्व तयारीका लागि माघ १० बाट सातवटै प्रदेशका लागि आयोजक टोली प्रस्थान गर्ने छ l टोलीले सबै प्रदेशको संस्कृति र लोकभाकाको बारेमा अध्ययन गर्नुका साथै ‘प्रि अडिशन’ का लागि हरेक ठाउँमा २-२ जना स्थानीय कला-संस्कृति विज्ञको समेत छनोट गर्ने छ l तथापि अडिशनका बेला केन्द्रबाट समेत सम्बन्धित क्षेत्रगत २-२ जना विज्ञ जाने छन् l
कार्यक्रमको मेघा अडिशन भने बैशाख ११ बाट एपी वानको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको स्टुडियोमा गरिने छ l 

गत पुष ९ गते आयोजक टोली २ समूह बनाई ‘लोक स्टार’ को प्रचारप्रसार र फारम वितरणका लागि पूर्व र पश्चिम गएको थियो l पछिल्लो जानकारी अनुसार सातै प्रदेशका ९५ रेडियो र १६ टेलिभिजनहरुसँग प्रचारप्रसार एबम फारम विक्री – वितरणको सम्झौता गरी दुबै टोली पुष २६ मा काठमाण्डौ फर्किएका थिए l ‘लोक स्टार’ मा प्रतिष्पर्धाका लागि २० हजारले फारम भर्ने आयोजकले अनुमान गरेका छन् l

कार्यकम कम्तिमा ३० शृंखलाको रहने बताइएको छ l अडिशनमा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरुले प्रथम चरणको अडिशन चाहना मिडिया प्रा. लि. को वेब साईट www.chahanamedia.com, नेपाल लोक स्टारको वेब साईट www.nepallokstar.com ‘नेपाल लोक स्टार’ को मोबाइल एप्सबाट पनि दिन सक्ने छन् l प्रतिस्पर्धामा भाग लिनका लागि कुनै प्रकारको मापदण्ड तोकिएको छैन l यस प्रतिस्पर्धामा नेपाली लोक सङ्गीतका धरोहर जयनन्द लामा, वरिष्ठ सङ्गीतकार, एरेन्जर तथा गायक बि. बि. अनुरागी, लोकप्रिय गायिका सुनिता दुलाल र लोकप्रिय गायक रामजी खाँडले निर्णायकको जिम्मेवारी निभाउने छन् भने लोकसम्राटका नामले सर्वत्र परिचित अग्रज लोक सर्जक कुमार बस्नेत र चर्चित पत्रकार ऋषि धमला कार्यक्रमको सल्लाहकारमा रहेका छन् l