टिका पुन र मानव कालुङ मगरको आवाजमा ‘ए कान्छी’

सानै उमेरमा आफूलाई जन्मदिने आमा गुमाएका गायक मानव कालुङ मगरको वास्तविक जीवनमा आधारित ‘ए कान्छी ’ गीतको भिडियो सार्वजनिक भएको छ l यस कौडा गीतमा  टिका पुन र  मानव कालुङ मगरको आवाज रहेको छ l  प्रियसी म्युजिक प्रालिले गीतको भिडियो बजारमा ल्याएको हो l

गीतमा हजारौं परदेशी युवाहरुको जीवन कथालाई समेटिएको छ .l आफनी प्रेमीकालाई छोडेर बाहिर देशमा जानुपर्नें नेपाली युवाको पीडालार्इं भिडियोमा निकै मार्मिक तथा रोचक ढङ्गमा समेटिएको छ l गीतमा गम बयम्बु मगरको शब्द तथा  लय सिर्जना रहेको छ l    मुकेश हुमागाईँको छायाङ्कन, अविनास डिसीको सम्पादन र रविन शाहको निर्देशनमा तयार भएको यस भिडियोमा सरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ l