गायक सरोज गौतमको आधुनिक गीत ‘तिम्रै तस्बीर’ को भिडियो सार्वजनिक भएको छ l करिब आधा दर्जन गीतमा आफ्नो आवाज भरिसकेका सरोजले केहीबर्ष यता प्रत्येक अंग्रेजी नयाँ बर्षमा नयाँ गीतको भिडियो सार्वजनिक गर्दै आएका छन् l
विपिन आचार्यको शब्द तथा सङ्गीत रहेको यस गीतको भिडियो शिशिर श्रेष्ठको निर्देशन र मुकेश हुमागाईंको छायाङ्कन मा तयार भएको हो भने भिडियोमा र स्मृति श्रेष्ठको साथमा गायक सरोज गौतम स्वयम्ले अभिनय गरेका छन् l भिडियो कुमार कटवालले निर्माण गरेका हुन् l
