‘सानु बिहे भयो कि भा’ छैन’ भिडियोमा

रमाईलो पारामा युवा युवती बीचको सम्वादलाई समेटिएको  लोकदोहोरी ‘सानु बिहे भयो कि भा’ छैन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमेश उपाध्याय, सन्तोष रेग्मी र स्मृति बजगाईँको आवाज रहेको छ ।

लाहुरबाट आएको लाहुरे र गाउँकी युवतीबीचको प्रेमसम्वादलाई भिडियोमा समेटिएको छ । मनमा बिहे गर्ने चाहना भएको तर आफूले खोजे जस्तो राजकुमार हालसम्म नपाएको गुनासो गायिकाले गरेकी छन् । गीतमा शितलराज गिरीको शब्द तथा लय सिर्जना रहेको छ । भिडियोमा केशव खत्रीको छायाङ्कन, अनिल रानाको सम्पादन र केशव खत्रीको निर्देशन रहेको छ भने संजिव सिंह ठकुरी, तिर्सना खड्का र गोपाल केसीले अभिनय गरेका छन् ।