विक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द/सङ्गीत रहेको छ ।
क्रान्ति केसीले निर्देशन गरेको यस गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । भिडियोमा अर्जुन तिवारीको छायांकन र क्रान्ति केसीकै सम्पादन रहेको छ ।
थुप्रै गीतबाट स्रोता/दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतबाट जस्तै यो नयाँ गीत ‘कहिले प्यार कहिले झगडा’ बाट पनि दर्शक/स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’ विक्रमले भने ।
