मोडलिङमा भविष्य खोज्दै निशा

सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । फुर्सदको समयमा एक बिद्यालयमा अध्यापन गराउने गरेकी निशा अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन् ।

५ फिट ५ इच अग्ली निशा आकर्षक व्यक्तित्व र सुन्दर मुहारकी धनी छिन् । फेशन शो मार्फत मोडलिङमा प्रवेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

तनहुँ सिपाबगैंचा स्थाई घर भएपनि काठमाडौंमै जन्म लिएकी निशालाई सुरुमै एक्स्पोज भएको मन पर्दैन । उनी भन्छिन् – ‘सुरुमा आफ्नो क्षमता प्रस्तुत गर्ने हो । जब मेरो काम रुचाउन थाल्छन, त्यस्पछि बिस्तारै ग्ल्यामर गर्दा पनि दर्शकले पचाउछन् । कमलादीस्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गरेकी निशाको प्रस्तुत फोटो फोटोग्राफर कुवेर तामाङले खिचेका हुन् भने मेकअप सरिता थापा मगर तथा गौरी रुम्बा श्रेष्ठले गरेका हुन् ।