चलचित्र तथा मोडलिङमा स्थापित बन्दै पोखरेली नायिका एलिना गुरुङ

गुरुङ चलचित्र, नेपाली चलचित्र  तथा मोडलिङमा ब्यस्त बन्दै गरेकी पोखरेली मोडल/नायिका हुन् एलिना गुरुङ l  गुरुङ चलचित्र ‘रिजे नासा’ बाट देश बिदेशमा समेत चर्चित बनेकी उनि पछिल्लो समय अन्य म्युजिक भिडियो र चलचित्रमा आउने कुराले पनि चर्चामा रहेकी छिन् l

युवा पुस्ताको रोजाई सिने संसार अर्थात रङ्गीन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको यस क्षेत्रमा रमाउन नचाहने युवा सायद कमै मात्रमा होलान् l नाम कमाउने अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा अगाडि बढ्दै गरेकी नायिका हुन् एलिना गुरुङ l उनी अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छिन् र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् l मोडलिङ क्षेत्र हुँदै चलचित्रको नायिका बनेकी एलिनाले दर्जनौ म्युजिक भिडियो र बिज्ञापनहरुमा आफ्नो अभिनय प्रदर्शन गरिसकेकी छिन् l अभिनय तथा नृत्यमा पोख्त नायिका एलिना गुरुङ आकर्षक शरीरको पनि धनी छिन् l उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै  सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन् l स्याङ्जामा जन्मेर हुर्केकी एलिना हेर्दा पनि निकै आकर्षित र शालीन स्वभावकी छिन् l नयाँ नेपाली चलचित्र मार्फत नायिकाको रुपमा दर्शकमाझ आउन लागेकी कलाकार एलिना भन्छिन्- ‘यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा अभिनय संधैं तयार छु l

सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने एलिना गुरुङ भन्छिन् – ‘अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । जीवन सङ्घर्षको अर्को नाम हो l मेहनत र परिश्रम गर्दै जानुपर्छ एकदिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ l’