पहिलोपटक मेलिना राई कौडा गीतमा

लोकप्रिय गायिका मेलिना राईले पहिलोचोटी ‘गोरखा डाँडा शितलु’ बोलको पश्चिमेली भाका, कौडा गीत गाएकी छिन् । पूर्वेली लोक तथा लोकजुहारी, चलचित्र, आधुनिक लगायतका गीतमा देश-विदेशमा उनको ख्याती उच्च रहेको छ l ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र गणेश गुरुङले स्वर दिएका छन् । अविनाश थापाको शब्द रहेको यस गीतमा गणेश गुरुङको लय रहेको छ ।

उक्त कौडा गीत गुरुङ र मगर जातका युवा-युवतीबीचको मायाप्रेममा केन्द्रित रहेको छ । अस्लामी मगर समुदायमा हुर्किएका अविनाश थापाले निकै मीठो शब्दमा यो कौडा गीतको रचना गरेका छन् भने उनी गोरखा कालीका मन्दिरका पूजारी खलक हुन् । गीतकार तथा गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरु गोरखा कालीका मन्दिरका पूजारी रहेको कुरा बातए । गीतको म्यूजिक भिडियो दीप गुरुङको निर्देशन, राजेश घिमिरेको छायाङ्कन र सुजन शाहीको सम्पादनमा तयार भएको हो भने भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ र बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ ।