रोमान्टिक शैलीको भिडियो ‘लाल्टिन बालेर’

चर्चित डान्स ग्रुप ‘भीमफेदी गाइज’ र सृष्टि खड्कालाई फिचरिङ गरिएको गीत ‘लाल्टिन बालेर’ को भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द, कोसिस क्षेत्रीको सङ्गीत रहेको यस गीतमा लेखु सहयात्री र बबिना किराँतीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समयदेखि गीत लेखनमा सक्रिय छिन् ।

रोमान्टिक शैलीको यस गीतको म्युजिक भिडियो गीतको भाव अनूसार नै उत्कृष्ट बनेको प्रतिक्रिया ‘भीमफेदी ग्रुप’ का कलाकारहरुले दिएका छन् । फर्पिंङका रमणीय स्थानमा छयांकन गरिएको यो भिडियो निशान कश्यप घिमिरेले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । भिडियोमा सन्तोष लामाको मेकअफ, भीमफेदी गाइजको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।