बुगीउगी च्याम्पियन कविता म्युजिक भिडियोमा

बुगीउगी विजेता कविता नेपालीले मोडलिङ गरेको   ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।  प्रराज पौडेल र सुजाता बर्माको स्वर रहेको यस गीतमा पुष्करराज पन्तको शब्द रहेको छ भने सङ्गीत शंकर थापा ‘स्माइल’ ले गरेका हुन् । भिडियोमा कवितासँगै पुष्करले समेत अभिनय गरेका  छन् । भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र  सुशील न्यौपानेको सम्पादन रहेको छ । चलचित्र ठूलीको निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता सङ्ग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस भिडियोबाट आफूले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले पछिल्लो समय नेपालमा क्लव सङ् चलिरहेको कारण दर्शकले ‘हे गोरी’ को भिडियो पनि मन पराउने आफूहरुले अपेक्षा गरेको बताएका छन् । लभ सङ्को भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन् – ‘मलाई विशेषत लभ सङ्को भिडियोमा रुचाइएको छ । तर मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि । आशा छ दर्शकले मनपराइदिनु हुने छ ।