जन्मदिनको अवसरमा गीत सार्वजनिक

सङ्गीत क्षेत्रमा पछिल्लो समय ब्यस्त रहँदै आएका गीतकार तथा सङ्गीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसरमा पृथक शैलीको रोमाण्टिक गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् । म्युजिक खबर पाक्षिक पत्रिकाको कार्यालयमा आफ्नो जन्मदिन मनाउने क्रममा सङ्गीतकारहरु लक्ष्मण शेष , दीपक शर्मा, पत्रकार एवं गीतकार सुमन पण्डित लगायतको हातबाट उनले गीतको अडियो सार्वजनिक गरेका हुन् ।
टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको यस गीतमा मिना निरौला, गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । गीतमा बादल घिमिरेको शब्द र सङ्गीत रहेको छ l