वियोगान्त भिडियोमा गीतकार ध्रुव प्रसाद

गीतकार ध्रुव प्रसाद अम्गाईको वियोगान्त गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ l हरि लम्सालको सङ्गीत र सनुप पौडेलको स्वरमा ‘न भुल्न सक्ने न मेट्न सक्ने मुटुमा चोट दिएर गयौ’ बोलको सो गीतको भिडियो हालै युट्युबबाट सार्वजनिक भएको हो l गतबर्ष मात्र एकल शब्दरचनाको एल्बम ‘चिनारी’ मार्फत औपचारिक रुपमा सार्वजनिक भएका गीतकार अम्गाई विगत १२ बर्षदेखि मकाउ बस्दै आएका छन् l
सार्वजनिक भएका सिर्जनाको संख्यात्मक गणना थोरै भएपनि उत्कृष्ट शब्द संयोजन शिल्प र हृदयस्पर्शी भाव अभियक्ति शैली भएका कारण उनलाई एउटा सिद्धहस्त सर्जकको रुपमा लिन सकिन्छ l सानैदेखि कविता, गीत र गजलहरु लेख्ने गरेका गोर्खा, फुजेलका ध्रुव प्रसाद इमान्दार, न्यायप्रेमी र स्पष्टवक्ता व्यक्तिका रुपमा समेत चिनिन्छन् l