डान्सिङ शैलीमा ‘जवानीको ट्याक्स’

महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको ट्याक्स’ को भिडियो युट्युबबाट सार्वजनिक भएको छ । गीतको शब्द तथा सङ्गीत पनि सुदिप जोशीकै हो । मायाप्रीतिका कुरालाई समेटेर तयार पारिएको यो गीतको भिडियो जेम्स जोशीको कोरियोग्राफी र   उषा पराजुलीको सम्पादनमा निर्माण भएको हो । डान्सिङ शैलीको यस भिडियोमा विष्णु पौडेल, राहुल परियार,  लाक्पा डेन्दी शेर्पा, चाँदनी मल्ल, नूर पन्त र आस्था थापाको अभिनय रहेको छ । भिडियोको  निर्माण तथा बजार व्यवस्थापन सनमुन मोसन पिक्चर ग्रुपले  गरेको हो ।