टुँडिखेलमा लाइभ म्युजिकल कार्यक्रम हुँदै

मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली सङ्गीत तथा फिल्म क्षेत्रका २ दर्जनभन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एशोसिएशनले फेम नेपालको आयोजनामा गर्न लागेको यस कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफि सार्वजनिक समेत गरिने छ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्ने छन् । उनीहरुसंगै २ दर्जन बढी कलाकारको उपस्थिति रहने उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।