नयाँ भिडियोमा पार्वती

पार्वती तिमिल्सिनाले भरखरै ‘गफ छाँट्दिन हे कसम’ बोलको युगल गीतको भिडियो सार्वजनिक गरेकी छिन् l नारायण कँडेलको शब्द र रेखा पौडेलको सङ्गीत रहेको यस गीतमा सन्जिव कुमार पौडेल र पार्वतीको युगल स्वर रहेको छ l मिलन खड्काको निर्देशन, सुमन कार्कीको छयाङ्कन र रोशन धितालको सम्पादनमा निर्माण भएको यो भिडियो हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ l भिडियोमा सिर्जना मगर, कृष्ण जी. सी. र रामकृष्ण थापाले अभिनय गरेका छन् l
०७३ सालमा टंक प्रसाद जोशीको शब्द/सङ्गीतमा ‘सिमसिमे पानीले मेरो पछ्यौरी भिजायो’ बोलको लोकदोहोरी रेकर्ड गरी गायनमा औपचारिक पाइला अगाडि बढाएकी पार्वतीले लोकदोहोरी र आधुनिक गरी हालसम्म २ दर्जन गीतमा स्वर दिएको कुरा जानकारी गराएकी छिन् l