पोखरामा ग्राण्ड कन्सर्ट हुँदै

पोखरा स्काई स्पोर्टसको ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ । पोखराको न्युरोड स्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् । तीन दिनसम्म चल्ने स्काई स्पोर्टसको ओपनिङमा कन्सर्टसँगै फेसन सो, स्ट्याण्ड अप कमेडी लगायत विभिन्न मनोरन्जनात्मक प्रस्तुती हुनेछन् । खेल, मनोरन्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने सम्भवत: नेपालकै पहिलो महत्वाकांक्षी परियोजना ‘अ प्लेस फर एभ्रिवन रेष्टुरेन्टसँगै पोखरा स्काई स्पोर्टस्’ संचालनमा आउन लागेको थाहा भएको छ ।
बिगत ३ वर्ष अघिदेखि निर्माण आरम्भ भएको उक्त प्रोजेक्टको ग्राण्ड ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितिमा आगामी मङ्सिर २८, २९ र  पुष १ गते गरी तीन दिनसम्म चल्ने बताईएको छ । स्काई स्पोर्टसमा फुटसल, लङ टेनिस, जुम्बा, कार्डियो, साउना स्टिम, ज्याक्युजी, पुलसँगै ‘भर्चुअल रियालीटी प्ले स्टेशन’को सुविधा समेत रहेको छ । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टको लागि विशेष कार्डको समेत व्यवस्था गरिएको छ । सिल्भर, गोल्ड र प्लाटिनम गरी तीनवटा कार्ड र सोही अनुसारको सुविधाको प्याकेज बनाएको स्काई स्पोर्टसका सिइओ सुदिप दवाडीले बताएका छन् । स्काई स्पोर्टसका अध्यक्ष सुजन गुरुङले पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहना अनुसार एकै छानामुनी सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उद्देश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको बताएका छन् ।