राजु र पूर्णकलाको स्वरमा आउँला छाया बनी

लोकपारखी मनहरुको रोजाई अनुसारका भाकाहरुलाई निरन्तर बजारमा ल्याईरहेको प्रियशी म्युजिकले पूर्णकला विसी र राजु परियारको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘छाया बनी’ को भिडियो बजारमा ल्याएको छ l भिडियो बबिता श्रेष्ठको निर्देशन, मुकेश हुमागाईँको छायाङ्कन र अविनास डिसीको सम्पादनमा तयार भएको हो । गीतमा दीपक केसीको शब्दरचना तथा निशा गुरुङको लय सिर्जना रहेको छ ।
वियोगान्त प्रेमकथामा आधारित यस गीतमा प्रेमिकाले छाडेर गएपनि उसैको यादमा जलिरहेको एउटा प्रेमीको भावना र मनोस्थितिको वयान गरिएको छ । एक्लै बाँच्न कठिन भएको र मृत्यु पश्चात पनि आत्मा बनेर आउने कुरा प्रेमीले गरेका छन् । भिडियोमा आशा खड्का र दीपक केसीको अभिनय रहेको छ ।