रक गायक थकालीको ‘ओम् शान्ति ओम्’ सार्वजनिक

विगत लामो समयदेखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ‘रक स्टार’ मा रहेको गीत ‘ओम् शान्ति ओम्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ l विगत आठ वर्षदेखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेरदेखि गीत सङ्गीतका पारखी थिए l शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार एक शालीन तथा मिलनसार स्वभावका व्यक्ति हुन् l

रक गायक सुदिप कुमारको आफ्नै शब्द तथा सङ्गीत रहेको यस गीतमा शान्तिका सन्देशहरु प्रवाह गरिएको छ l नियोन क्रिएसनले भिडियो बजारमा सार्वजिनक गरेको हो भने भिडियोमा गायक स्वयम् तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ l

यस गीतको भिडियोले दर्शक स्रोताहरुको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार ‘ओम् शान्ति ओम्’ ले  नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा विश्वस्त छन् l  साथै  गीतको भिडियो हेरेर अमूल्य कमेन्ट गर्नका लागि समेत उनले दर्शक-स्रोतालाई आग्रह गरेका छन् l आफू संसारको जुनसुकै मुलुकमा रहेपनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि श्रोता दर्शकहरुको रुचीका गीत र  म्युजिक भिडियो लिएर नेपाली आउने कुरा उनी बताउँछन् l