योजनाको औंठी खसेछ

पछिल्लो समय ‘औंठी खसेछ’ बोलको गीतको कारण गायिका योजना पुरी चर्चामा रहेकी छिन् l पूर्वेली लोक लयको यो गीत भरखरै ‘धुर्मुस सुन्तली’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l ‘औंठी खसेछ, एकैचोटी देखेको हौ माया बसेछ’ बोल रहेको यो गीतमा विशाल राईको शब्द/सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने भिडियो सुमन सागर जंग के.सी. को कोरियोग्राफीमा निर्माण भएको हो l भिडियोमा करिश्मा ढकाल, विकाश लामिछाने, मधुसुधन पाठक, सीतादेवी तिमिल्सिना, सन्देश न्यौपाने र योजना स्वयम्ले अभिनय गरेका छन् l
०६३ सालदेखि औपचारिक रुपमा सङ्गीत यात्रा गरिरहेकी गायिका योजनाका हालसम्म संयुक्त स्वरको एउटा र एकल स्वरको २ वटा गरी ३ वटा एल्बम प्रकाशन भईसकेका छन् l उनले आधुनिक, लोक र पप समेत गरी लगभग ४ दर्जन गीतका स्वर दिईसकेकी छिन् भने लामो समयदेखि संचारकर्मीका रुपमा विभिन्न टेलिभिजन, रेडियो र अनलाइनसँग आवद्ध रहंदै आएकी छिन् l
video link