म्युजिक भिडियोमा गाईनेको कथा

अहिले निकै नै चर्चामा रहेको गायन प्रितियोगिता रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को टप २४ बाट बाहिरिएको २ दिनमै गायक तेजिन्द्र गन्धर्व आफ्नै जीवनकथा बोकेको गीत ‘साइँलीरिमई’ को भिडियो लिएर आएका छन् । द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्डबारे ‘घटना’ गीत गाएर थप चर्चित भएका तेजिन्द्रको ‘साइँलीरिमई’ गीतमा उनी आफैंले अभिनय पनि गरेका छन् । भिडियोमा गाईनेको वास्तविक जीवनचर्यालाई जस्ताको तस्तै उतार्ने जमर्को गरिएको छ l डि.पी खनालको शब्दरचना रहेको यस गीतमा शंकर थापा ‘स्माइल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

ललितपुरको रमणीय ग्रामिण क्षेत्र डुकुछापमा छायांकन गरिएको यस गीतको भिडियोमा अनिल के मानन्धरको छायांकन, विकास ज्ञवालीको सम्पादन र विकाश सुवेदीको निर्देशन रहेको छ । भिडियो डश म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने यो समाचार लेखिरहँदा  सवा लाखको हाराहारी दर्शकले हेरिसकेका छन् l

video link