गीतकार डा. डी. आर. का ८ कृति एकैपटक सार्वजनिक हुने

गीतकार/साहित्यकार डा. डी. आर. एकैपटक ७ गीति एल्बम र एउटा उपन्यास गरी ८ कृति मार्फत सार्वजनिक हुने भएका छन् l आगामी मङ्सिर ९ गते आइतबार जमलस्थित राष्ट्रिय नाचघरको मेघा हलमा आयोजना हुने ‘प्रतिनाद साङ्गीतिक साँझ २०७५’ का अवसरमा डा. डी. आर. का ८ कृति एकैपटक औपचारिक रुपमा सार्वजनिक हुने भएको हो l समारोहमा वयोवृद्ध राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नगद रु. ५१ हजार सहित अभिनन्दन गरिने कायक्रम रहेको छ भने विभिन्न गायक/गायिकाहरुले डा. डी. आर. द्वारा रचित एकल/युगल स्वरका गीतहरुको लाइभ प्रस्तुति दिने छन् l जसको लागि वाद्यवादकहरुको संयोजन सङ्गीतकार राजु सिंहले गर्ने छन् l एउटा कार्यक्रममा एउटै सर्जकको यति धेरै कृति सार्वजनिक हुन लागेको सम्भवत: यो पहिलोपटक हो l
आफ्नो साङ्गीतिक यात्राका दौरान रेकर्ड भएका गीतहरूलाई एकीकृत गरी एकमुष्ठ रुपमा सार्वजनिक गर्न लागिएको जानकारी गराउंदै डा. डी. आर. ले यो कार्यक्रम आफ्नो रचनामा जीवनकै पहिलो एकल साँझ हुने कुरा समेत बताएका छन् l ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको यो कार्यक्रमलाई यशोदा फूडले प्रायोजन गर्ने भएको छ ।