लागातार गीत हिट भएपछि सङ्गीतकारको नाम नै बदलियो

केटा : स्वर्गबाट के कामले होला धर्तीमा झरेकी
यो ज्यानलाई सुहाउने रैछौ चिटिक्कै परेकी
बगैंचामा फूल फुलेको छ
त्यसैले होला ए कान्छी तिमीसितै मन भुलेको छ

केटी : फूल फुलेको घर त्यसै राम्रो
नजरै डोलायो
यो जोवनलाई देखेर होला संसारै भुलायो
के भो आँखा फुर्फुरायो नि
त्यसैले होला
ए कान्छा दैव संजोग भेट जुरायो नि

पूर्वेली लोकजुहारी ‘सिंगौरी’ को भिडियो युट्युबमा अत्याधिक लोकप्रिय भएपछि यूमा आर्ट्सले ‘सिंगौरी-२, आँखा फुर्फुरायो’ पनि प्रकाशन गरेको छ l यो समाचार लेखिरहँदा युट्युबमा ‘सिंगौरी’ को भ्युज ६ मिलियन अर्थात ६० लाखको नजिक नजिक पुगिसकेको छ भने अपलोड भएको १५ दिनमै ‘सिंगौरी-२, आँखा फुर्फुरायो’ पनि दर्शकले साँढे ४ लाखको हाराहारीमा हेरिसकेका छन् l पूर्वेली टिपिकल लयमा रहेको यस गीतको भिडियोमा अहिलेकी लोकप्रिय मोडल एलिशा राई, श्याम राई, दिपांशु थापा, मौसमी सुब्बा, दिनेश गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ l भिडियोको निर्देशन युगल पोमोले गरेका हुन् l
खगेन्द्र यक्शो र सीबी स्याबुनेको शब्दरचना, शशी गुरुङको सङ्गीत तथा खगेन्द्र यक्शो, सीबी स्याबुने र मेलिना राईको स्वर रहेको यस गीतमा चन्दु गोर्खालीको म्युजिक एरेन्ज रहेको छ l भिडियोको छयांकन अर्जुन तिवारीले र तेन्जु योन्जनले कोरियोग्राफी गरेका हुन् l ‘सिंगौरी-१’ कै अधिकांश सर्जक कलाकारहरुको संलग्नता भएको ‘सिंगौरी-२, आँखा फुर्फुरायो’ युट्युबमा लोकप्रिय हुँदै गएपछि गीतका सङ्गीतकार शशी गुरुङलाई बजारमा ‘शशी गुरुङ सिंगौरी’ भनेर बोलाउन थालिएको छ l

भिडियो लिंक