मङ्सिर ८ मा ‘अर्जुन सुनाम सुमधुर साँझ’ को आयोजना हुने

सत्यवती मिडिया फिल्म्सको आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा आगामी मङ्सिर ८ गते जमलस्थित राष्ट्रिय नाचघरको मेघा हलमा ‘अर्जुन सुनाम सुमधुर साँझ-२०७५’ को आयोजना हुने भएको छ l सुमधुर स्वरका धनी सुनामको यो पहिलो एकल गायन कार्यक्रम हो l क्यान्सर पीडितहरुको सहयोगार्थ भनिएको यो कार्यक्रममा अतिथि कलाकारको रुपमा सङ्गीता प्रधान राना, बि. बि. अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, मिलन लामा, टिका पुन, पूर्णकला बि. सी. र जुनु रिजालले समेत आ-आफ्ना प्रस्तुति दिने छन् भने गायक सुनामलाई सुनितामी परियार, प्रेम अर्याल, पुष्पा बोहरा र प्रनिल तामाङले सहयोगी कलाकारको रुपमा गायनमा साथ दिने छन् l कार्यक्रम डिस होमबाट प्रत्यक्ष प्रसारण हुने छ l
गायक अर्जुन सुनामका ‘सुर्खेतमा बुलबुले ताल, सलल, बगेको भेरी नदी, तिम्रै झल्को आउँछ मेरी निरमाया, कहाँ पुग्यौ नेटो काटी, सोल्टिनी जुनीजुनी उकाली ओराली धाईरहुँला’ लगायतका गीत निक्कै लोकप्रिय रहेका छन् l