दिवाकर शर्माको एकल गायन सम्पन्न

गायक तथा सङ्गीतकार दिवाकर शर्माको एकल गायनको कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रम राष्ट्रिय नाचघरको मिनी हलमा भव्य रुपमा सम्पन्न भएको थियो l राष्ट्रिय नाचघरले हरेक महिनाको अन्तिम विहीबार ‘सुर साधना’ अन्तर्गत आयोजना गर्दै आईरहेको एकल गायन अन्तर्गत गायक शर्माको सो कार्यक्रम सम्पन्न भएको हो l साँढे ३ दशकदखि गायनमा सक्रिय रहेका गायक दिवाकर शर्माले केही समय अगाडि मात्र एकल स्वरमा ‘तिर्खाकी पानी’ शीर्षकको गीति एल्बम प्रकाशन गरेका थिए l उनी रेडियो नेपालका अब्बल दर्जाका उद्घोषक समेत हुन् l सो कार्यक्रम संस्थानका महाप्रवन्धक राजेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l

समारोहमा गायक शर्माले ‘लालीगुराँश’ बोलको राष्ट्रिय भावको गीतबाट गायनको थालनी गर्दै गर्दै ‘सुनखानी, तिर्खाकी पानी, घुम्तीतिरै, साँझ साँझ, उसको नजरमा, मायाको कुरा, हजार सपनाहरुको, मैले बसाईं सरेपछि’ लगायत एक दर्जन गीत गाएका थिए l कार्यक्रममा गायक शर्मालाई संस्थानको तर्फबाट खादा ओढाएर कदरपत्रले सम्मान गरिएको थियो l कार्यक्रम रमेश बि. जी. ले संचालन गरेका थिए