वियोगान्त भिडियोमा मिराज

‘माया थिएन थियो त्यो धोका,
मौसम बदलियो तिमी पनि बदलियौ’
गायक मिराज कोईरालाले प्रेम-वियोग भाव बोकेको  गीतको भिडियो सार्वजिनक गरेका छन् l ‘धोका’ शीर्षक दिईएको यस गीतमा आफूले हृदयबाट माया गरिएकी प्रेमिका स्वार्थवश अर्कैको अँगालोमा बाँधिएपछि मनमा उर्लिएका पीडादायी भावहरु व्यक्त गरिएको छ l
क्षितिज आर. सी. कोईरालाको शव्द, बंगलादेशी नागरिक एम. ए. रहमानको सङ्गीत र आर. सी. कोईरालाको निर्देशनमा तयार भएको यस भिडियोमा गायक मिराजका साथमा प्रमिला रिजाल र विधान कोईरालाले अभिनय गरेका छन् l आर.एस. फिल्म्स मार्फत डिजिटल बजारमा आएको यो म्युजिक भिडियो पोल्याण्ड र टर्कीमा रमणीय स्थानमा छायांकन गरिएको थाहा भएको छ l जसका छायाकार र सम्पादक नारायण राज सत्याल हुन् l

VIDEO LINK