‘पिरती लाउँदिन दुईतिर’ को भिडियो सार्वजनिक

कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर…’ बोलको गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ शीर्षकको एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर…’ गीतको भिडियो सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । गीतमा किरण के. उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत र चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियो नवराज उप्रेतीको छायाँकन र नवीन निरौलाको सम्पादनमा तयार भएको हो ।

विगत ७ वर्षदेखि नेपाली गायन क्षेत्रमा सक्रिय रहँदै आएकी कविताका हालसम्म दुई एल्बम सार्वजनिक भईसकेका छन् भने उनले तीन दर्जनभन्दा धेरै गीतमा स्वर दिएकी  छिन्  । यो नयाँ गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता-दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको कुरा उनले बताईन्  ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=HPSPVPCymI4