वियोगान्त लोकदोहोरी ‘मुना मदन’ को भिडियो सार्वजनिक

प्रियशी म्युजिक प्रा.लि. को प्रस्तुतिमा गौतम शेर्पा र ऋष्मा तामाङको स्वर रहेको मार्मिक लोकदोहोरी “मुना मदन ” को भिडियो बजारमा आएको छ । बाध्यतावश मायालु जोडी एक-अर्काबाट टाढिएको अवस्था र वियोगले गर्दा मनमा उत्पन्न असहनीय पीडालाई गीतमा व्यक्त गरिएको छ । बद्रि पाठक र वीरेन्द्र ढकालको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमागाईले छायाङ्कन गरेको यस गीतको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन्  । गीतको भिडियो, शब्दका भाव अनुसार निर्देशन गरिएको कुरा निर्देशक बबिता श्रेष्ठले बताएकी छिन् । भिडियोमा सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ । बबिता नेपाली सङ्गीत क्षेत्रका थोरै महिला भिडियो निर्देशक मध्येकी एक हुन्  । प्रियशी म्युजिककी प्रबन्ध निर्देशक समेत रहेकी बबिता करिव ३ वर्षयता म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय रहँदै आएकी छिन्  ।
-रोशन पोखरेल

https://www.youtube.com/embed/VvF4jrasBo8