डी.आर. र सन्तोषको ‘तिम्रो जोवन साह्रै रसिलो’

डी.आर. र सन्तोषको ‘तिम्रो जोवन साह्रै रसिलो’

 

गीतकार डा. डी.आर. उपाध्यायको शब्द र लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको नयाँ गीत ‘तिम्रो जोवन साह्रै रसिलो’ को भिडियो भर्खरै ‘डी.आर. म्युजिक एण्ड ट्रेडिङ’ को युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा विश्व नेपाली र टीका प्रसाईंले स्वर दिएका छन् भने  देवेन्द्र नेवा:को म्युजिक एरेन्ज, भोला पौडेलको रेकर्डिङ र चन्द्र चौधरीको मिक्सिङ रहेको यस गीतको भिडियो नेपाली ठिटोज टिमको कोरियोग्राफी र शिव पौडेलको निर्देशनमा तयार भएको हो । भिडियोको सम्पादन शितल लम्सालले गरेका छन् ।

लोक आधुनिक शैलीमा तयार गरिएको यस गीतको  भिडियोमा सुनिल क्षेत्री, युमी बलामी, सरु श्रेष्ठ लगायतका कलाकारहरुले समय सापेक्ष आधुनिक शैलीको आकर्षक नृत्य गरेका छन् । युट्युबमा अपलोड भएको छोटो समयमै यो गीतको भिडियो १५ हजारपटक भन्दा बढी हेरिएको छ । प्राप्त जानकारी अनुसार यो गीत छिट्टै प्रकाशित हुने गीतकारको दोस्रो एकल एल्बममा समावेश हुने छ भने लोकप्रिय सङ्गीतकार श्रेष्ठको केहीदिन अघिमात्र एकल सङ्गीतको २५ औं एल्बम प्रकाशन भएको थियो  ।

 

भिडियो लिंक
https://www.youtube.com/watch?feature=share&v=ZGM1UJLCNTc&app=desktop