‘आराधना-२ भक्ति सङ्गीत एकल साँझ’ सम्पन्न

सर्वनाम थिएटर शनिबार भक्ति सङ्गीतले गुन्जायमान भयो l चितवनका मनिष सापकोटाले करिव एक दर्जन कलाकारहरुको साथ लिएर भक्ति सङ्गीत गाएका थिए l उनले सो कार्यक्रममा करिव एकदर्जन गीत प्रस्तुत गरेका थिए l

दर्शकले भरिभराउ भएको सो कार्यक्रममा मनिष सापकोटालाई गायनमा सीता सुवेदी, मेनुका कुँवर, मिना नेपाली र तारा लिम्बूले साथ दिएका थिए भने तबलामा लक्ष्मी डंगोलले, गितारमा जिके सिंहले, बाँसुरीमा डा. निरन्जन भण्डारीले, किबोर्डमा ब्रुनो तामाङले, अक्टोप्याडमा तेज कुमार श्रेष्ठले, ढोलकमा सुधिर चौधरीले र मादलमा सुनिल अर्यालले साथ दिएका थिए l

उक्त कार्यक्रममा औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, सङ्गीतकारहरु बुलु मुकारुङ, दीपक जंगम र राजु सिंह, पत्रकारहरु रमण घिमिरे र हरिहर बिरही, गायक किरण प्रधान, औधोगिक शान्ति नेपाल संस्थाका कोषाध्यक्ष प्रितम मल्ल लगायतका  व्यक्तिहरुको उपस्थिति रहेको थियो l