साम्राज्ञीलाई देख्दा रोकिएन आँशु

ईटहरी/ नेपाली सिने उद्योगमा पछिल्लो समय धेरै चलचित्रहरु निर्माण हुने क्रमले तीब्रता पाएको छ । चलचित्र निर्माण पछिको प्रदर्शन मिति तोकिएसँगै सम्पूर्ण समयलाई निर्माण टिमले प्रचारप्रसारको काममा सदुपयोग गर्ने गरेको पाइन्छ । नजिकिँदो प्रदर्शन मितिलाई मध्यनजर गर्दै अहिले चलचित्र ‘इण्टुमिण्टु लण्डनमा’ टिम मोफसल प्रचारप्रसारमा निकै व्यस्त छ । शुक्रबार ईटहरी आईपुगेको टिमले पत्रकार भेटघाट गरेको थियो । सो भेटघाटमा साम्राज्ञीको ठूलो फ्यान पनि भेटियो, जसले साम्राज्ञी र टिमलाई नै उपहार  बोकेर आएकी थिइन् । विस्तृतमा यो भिडियो हेर्नुस् ।

 

https://youtu.be/aH79imEzeDw

 

ईटहरीको रिपोटर्स क्लबमा पत्रकार साथै अभिनेत्री साम्राज्ञीका फ्यानहरु समेत उपस्थित थिए । पहिलोपटक साम्राज्ञीलाई भेट्न मायाको चिनो सहित आएकी ‘पेस्को मेकअप स्टुडियो’ की संचालिका मनिता तामांगले अभिनेत्री साम्राज्ञीलाई अंकमाल गर्दै खुशीको आँशु निकालेकी थिइन् । सम्पूर्ण टिमलाई खादा ओढाउँदै उनले मायाको चिनो हस्तान्तरण गरेकी थिईन् । सम्पूर्ण टिमलाई प्रगतिको कामना गर्दै उनले आगामी दिनहरुमा ‘इण्टुमिण्टु लण्डनमा २’ समेत बनोस् भनि शुभकामना समेत दिईन् ।

छायांकनको समयदेखि नै निकै चर्चा-परिचर्चा पाएको चलचित्र ‘इण्टुमिण्टु लण्डनमा’ आगामी असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र ‘इण्टुमिण्टु लण्डनमा’ दर्शकहरुले मन पराउने कुरामा आफू विश्वस्त रहेको कुरामा सिंगो टिम आशाबादी रहेको निर्देशक रेनासाले सुनाईन् ।

कोरियोग्राफरको रुपमा स्थापित भएकी रेनेशाको यो डेब्यु निर्देशन रहेको फिल्म हो भने ‘इण्टुमिण्टु लण्डनमा’ नायक धिरजको पनि डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेत्री साम्राज्ञी, धिराज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, रुवी राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा प्रभु एसजेबी राणा र प्रज्ज्वल एसजेबी राणाको संयुक्त लगानी रहेको छ ।

 

https://youtu.be/aH79imEzeDw