पाँचौं ‘छायाछवि तीज म्युजिक अवार्ड’ सम्पन्न

पाँचौं ‘छायाछवि तीज म्युजिक अवार्ड २०७५’ सम्पन्न भएको छ । गत सोमबार नक्सालस्थित सेलिब्रेटी पार्टी प्यालेसमा भव्यताकासाथ अवार्ड समारोहको आयोजना गरिएको थियो । समारोहमा प्रतिस्पर्धात्मक ३१ विधा र अन्य ७ गरी कूल ३८ विधाका तीजगीत सर्जक, कलाकार र प्राविधिकहरुका साथै पत्रकार समेतलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको थियो  । सङ्गीत क्षेत्रमा बर्षेनी दर्जन भन्दा बढी अवार्ड कार्यक्रमहरुको आयोजना हुँदै आएको भएपनि यो एकमात्र ‘तीज म्युजिक अवार्ड’ हो । तीज विशेषगरी हिन्दू नारीहरुको विशेष पर्व हो भने यस पर्वका आफ्नै प्रकारका मौलिक एवं साँस्कृतिक परम्पराहरु रहेका छन् । तथापि व्यावसायिकताका नाममा केहीवर्ष यता ‘तीजगीत’ मा विकृति पनि बढीरहेको सन्दर्भमा यस अवार्डका आयोजकहरुले मौलिक र परम्परात्मक संस्कृति झल्कने गीतलाई मात्र प्राथमिकता दिएबाट संस्कृतिको जगेर्नामा यस अवार्ड कार्यक्रमले अहम् भूमिका निर्वाह गरेको देखिन्छ । अवार्ड समारोहमा आयोजक कमिटीका अध्यक्ष शान्तिप्रियले ‘तीजगीत’ मा बर्षेनी ठूलो धनराशी लगानी भईरहेको कुरा उल्लेख गर्दै पर्वजन्य महत्व बोकेका र मौलिक गीतलाई प्रोत्साहित गर्नकै लागि यो अवार्ड आयोजनाको थालनी गरिएको कुरा बताएका थिए । समारोहमा अवार्ड विजेताहरुले ट्रफीको साथमा प्रमाणपत्र समेत प्राप्त गरेका थिए भने जयन सुब्बा मानन्धर भने नगद सहित  ‘छायाछवि रङ्ग पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएकी थिईन्  । नेपालमा निर्मित पहिलो नेपाली चलचित्र ‘आमा’ की नायिका भूवन चन्द, पहिलो नेपाली रंगिन चलचित्र ‘कुमारी’ की नायिका चैत्यदेवी र पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसालको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । अवार्ड समारोहको समापन पश्चात सबैले तीजको दर ग्रहण गरेका थिए ।

अवार्ड विजेताहरुको नाम, विधा र गीतको बोल:

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
श्यामश्वेत रसाइली: धनगढी थर्काउने

 

सर्वोत्कृष्ट तीजगीत मिक्सिङ

कुमार राना मगर:  माइती देश सम्झेर

 

सर्वोत्कृष्ट तीजगीत एरेञ्जर

झलक संगीतम् : माइतीको आश

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

सुदिप सागर:  कोरियन सारी

 

सर्वोत्कृष्ट तीज दोहोरी नव गायक

राम गोपाली : भदौरे झरी

 

सर्वोत्कृष्ट तीज दोहोरी नव गायिका

अमृता श्रीपाल: खैनीले

 

सर्वोत्कृष्ट तीजगीत नव गायिका

बीना भट्टराई:  स्वामीज्यू

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

आरुषी मगर:  चुरीया छैं छैं

 

सर्वोत्कृष्ट तीजगीत मोडल

दीपाशा विसी :  कति राम्रो

 

सर्वोत्कृष्ट तीजगीत छायाकार

करण चैसीर : जान्न फर्केर

 

सर्वोत्कृष्ट तीजगीत सम्पादक

वीरेन्द्र भाट विपिन  : यतै घमाइलो

 

सर्वोत्कृष्ट तीजगीत युगल मोडल

दीपाशा विसी/टीका जैशीः माइती देश सम्झेर

 

सर्वोत्कृष्ट तीजगीत नृत्य निर्देशक

नारायण रिजाल : पाइन्ट लगाउँ कि सारी

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

राजीव बलामी : छड्के तिलहरी

 

सर्वोत्कृष्ट तीजगीत भिडियो निर्देशक

विक्रम चौहान : दिदी बहिनी

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द

शिव हमाल : छम्म छम्म

 

सर्वोत्कृष्ट तीजगीत शब्द

कस्तुप पन्त : चेलीको आँशु

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत लय

रामु खड्का : भदौरे झरी

 

सर्वोत्कृष्ट तीजगीत लय

हरि विष्ट : माइती देश सम्झेर

 

सर्वोत्कृष्ट तीज युगल नव गायन

इन्दिरा रजक/अनिता कुँवर : दिदी बहिनी

 

सर्वोत्कृष्ट तीजगीत गायन मोफसल

कल्पना कुसुम : संगीनी

 

सर्वोत्कृष्ट तीज सामाजिक गीत

धर्मराज गिरी :नौ डाँडापारि

सर्वोत्कृष्ट तीज युगल गीत

लीला कंवर/चन्द्रा चलाउने : सौता –२

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी

गोरखा चौतारी म्यूजिक प्रा.लि.

 

सर्वोत्कृष्ट तीज गीत कम्पनी

रक्षा म्यूजिक प्रा.लि.

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक

अमृत खाती : नाचौं घुमी घुमी

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका

उमा श्रेष्ठ : भाइरल

 

सर्वोत्कृष्ट तीज गायिका

सहिमा श्रेष्ठ : पहिलो नम्बर सुन

 

सर्वोत्कृष्ट तीज दोहोरी गीत

जमुना आचार्य/गोकर्ण राना मगरः छड्के तिलहरी

 

सर्वोत्कृष्ट तीजगीत

मञ्जु पौडेल : माइतीको आँगन

 

पब्लिक च्वाइस अवार्ड (गायक)

सन्तु थापा : चन्दनै चन्दनै

 

जुरी अवार्ड (एरेञ्जर)

कृष्ण पुन :पहिलो नम्वर सुन

 

क्रिटिक्स अवार्ड (लय)

विशाल ढकाल : डोली चढियो

 

इन्करेजमेन्ट अवार्ड (शब्द)

सविता पोखरेल : माइतीको आँगनी

 

इन्करेजमेन्ट अवार्ड (नव–गायिका)

सरु थापा मगर : मायाकै पीर बरी लै

 

इन्करेजमेन्ट अवार्ड (नव–गायिका)

स्मृति गौतम : नाचौं घुमी घमी

 

पपुलर सिंगर अफ दि इयर

श्रीदेवी देवकोटा : झल्को