राष्ट्रिय भावको गीतमा निशा

गायिका निशा कँडेलको स्वरमा रहेको दोश्रो गीत ‘नेपाली छोरी…’ सार्वजनिक भएको छ । केही महिना पहिले सार्वजनिक भएको गीत ‘सधैँलाई…’ बाट राम्रो प्रतिक्रिया पाएपछि गायिका कँडेलले दोस्रो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । सन्जिव भट्टराईको शब्दरचना रहेको यो गीतमा राहुल प्रधानको सङ्गीत रहेको छ भने भिडियो प्रमोद भण्डारीको कोरियोग्राफी, नितिन चन्दको निर्देशन, सुरेश नेपालको छायांकन र दिपेन बस्न्यातको सम्पादनमा तयार भए हो । गीतमा राष्ट्रियता झल्काउने भावहरु रहेका छन्   । भिडियोमा गायिका कँडेलले नै अभिनय गरेकी छिन् । भिडियो केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीको सहयोगमा निर्माण भएको बताईएको छ ।

 

https://www.youtube.com/watch?v=uleJLCusGoE