योगेशको जब देखें तिमीलाई

योगेश राना आफ्नै शब्द, सङ्गीत र स्वरको गीत ‘जब देखें तिमीलाई’ को म्युजिक भिडियो लिएर आएका छन् l सुकुराम बिकको सङ्गीत संयोजन रहेको सो गीत श्यामश्वेत रसाईलीले माष्टरिंग गरेका हुन् l नवराज उप्रेतीको छायांकन र गम्भीर विष्टको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा गम्भीर विष्ट र क्रिष्टिना थापाको अभिनय रहेको छ भने भिडियोको सम्पादन नारायण निरौलाले गरेका हुन् l प्रेम आकर्षण तथा रोमान्टिक भावको यस गीतमा युवतीको सुन्दरताबाट आकर्षित भएको अझ भनौं लठै परेको युवकको मनोदशा प्रस्तुत गरिएको छ l