नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गना

चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन् । उनको पहिलो उपन्यास ‘वराङ्गना’  असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहकाबीच सार्वजनिक हुँदै छ ।

वराङ्गना नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछि सबैतिरबाट आफूलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले शुक्रबार आफ्नो उपन्यासको भिडियो प्रोमो पनि सार्वजनिक गरेकी छिन्।

तीनबर्ष लगाएर लेखिएको सो उपन्यासको प्रोमोमा उनी स्वयम् देखीएकी छिन् । काठमाडौं तथा ललितपुरका केही सुन्दर स्थानमा खिचिएको प्रोमो आकर्षक बनेको छ । पछिल्ला केही समय चलचित्रमा नदेखिएकी उनले त्यसको राज उपन्यास लेखन रहेको समेत प्रष्टाएकी छिन् ।
सन्देश  नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी सोविताले एकदर्जन बढी चलचित्रमा नायिकाको रूपमा काम गरिसकेकी छिन् भने उनी ओशो सन्यासी पनि हुन् ।