फरक शैलीमा शिव परियार

नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा विशिष्ठ स्थान बनाइसकेका गायक शिव परियार नयाँ  शैलीमा प्रस्तुत भएका छन् । महेश आचार्यको शब्दमा शिवको आफ्नै सङ्गीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भरखरै भिडियोमा सार्वजनिक गरीएको छ । ‘शिवालय’ एल्बममा समावेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने रविन दर्शनधारीले मिक्सिंग गरेका  हुन् । सधैँजसो बजारमा आएका भन्दा फरक शैलीमा युवा वर्गलाई लक्ष्यित गरेर यो गीत निकालिएको कुरा गायक परियारले बताएका छन् ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘कथा काठमाण्डू’ की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् भने लुजा सिंहले खिचेको यो भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । गीतमा मुख्य अभिनयमा  नव कलाकार कृतिका काफ्लेको रहेको छ ।