चललिचत्र ‘चौका दाउ’ को रामप्यारी सार्वजनिक

चलचित्र ‘चौका दाउ’ को एउटा गीत ‘रामप्यारी’ सार्वजनिक गरिएको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । दयाराम पाण्डेको शब्द र शम्भूजीत बास्कोटाको सङ्गीत रहेको यो गीतमा शम्भूजीत बास्कोटा र कोमल राजभण्डारीको स्वर रहेको छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र ‘चौका दाउ’ लाई पूणेन्द्रू झाले निर्देशन गरेका छन् भने चलचित्रको परिकल्पना तथा सङ्गीत शम्भूजीत बास्कोटाको रहेको छ । चलचित्रका निर्माता सौर्यजित बास्कोटा रहेको छन् भने साथमा मनोज राजभण्डारीको निर्माणमा सहयोग रहेको छ । यस चलचित्रको सहनिर्माता भने पंकज बास्कोटा हुन् । दीर्घ गुरुङको छायाँकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको कोरियोग्राफी रहेको यस चलचित्रमा श्रीपुरुष ढकाल र दयाराम पाण्डेको गीत रचना र शम्भूजीत बास्कोटाको सङ्गीत रहेको छ । चलचित्रमा मुख्य आकर्षक सन्तोष पन्त र तैयव शाह रहेका छन् । वर्षा राउत, अजश्र ढुंगाना, वील्शन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका के.सी., विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको छ । चलचित्र आगामी कार्तिक ९ गतेदेखि प्रदर्शनमा आउने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।