रोमान्टिक गीतमा दीपक

प्रतिभाशाली युवा गायक दीपक महर्जन नयाँ गीतको भिडियो  लिएर पुन: स्रोता-दर्शकमाझ आएका छन् l नारायण भण्डारी जनकपुरीको शब्द/सङ्गीतमा रहेको ‘मनकी उजेली ऊ तनकी काली छ, ओठमा लाली छ तर सिउँदो खाली छ’ बोलको रोमान्टिक शैलीको गीत मार्फत उनी आएका हुन् l उनको भिडियो हाईलाइट्स नेपालको युट्युब च्यानलबाट केहीदिन अघि मात्र अपलोड भएको छ भने भिडियो निकेश खड्काको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा तयार भएको हो l विकाश धमलाद्वारा सम्पादित यस भिडियोमा प्रियंका कार्की र अनुभव रेग्मीको अभिनय हेर्न सकिन्छ l
कीर्तिपुर-१४, चोभारका स्थायी बासिन्दा दीपकले ०४९ सालमै पहिलोपटक आफ्नै शब्द/सङ्गीतमा ‘टाढा नजाऊ ए मायालु’ बोलको गीत रेकर्ड गरी सङ्गीतको औपचारिक यात्रा आरम्भ गरेका थिए भने विगतमा राम्रै चर्चामा रहेको ‘स्टार ब्रदर्स’ नामक लोकप्रिय म्युजिकल ब्याण्डका उनी मुख्य भोकलिष्ट समेत हुन् l लगभग २ वर्ष अगाडि Different taste शीर्षकमा आधुनिक शैलीको एकल स्वरको एल्बम प्रकाशन गरिसकेका दीपकले त्यसभन्दा अगाडि ‘माध्यम’ र ‘Future 63’ शीर्षकका दुई एल्बम पनि प्रकाशन गरेका थिए l गायनमा अत्यन्तै राम्रो सम्भावना भएर पनि व्यवसायमा व्यस्त रहेका कारण उनको प्रतिभा अझै अपेक्षाकृत प्रष्फुटन हुन पाएको छैन lhttps://www.youtube.com/watch?v=jfZ8py4u51A