काभ्रेपलाञ्चोकको बनेपामा पिता हरिकृष्ण बुढाथोकी र माता विष्णुदेवी बुढाथोकीको कोखबाट जन्म लिएका गीतकार, गायक तथा सङ्गीतकार शशि शेखर बुढाथोकी सानै उमेरदेखि गीत-सङ्गीत रुचाउँथे । बि. ए. सम्मको अध्ययन गरेका उनी कलेजमा पनि गायन प्रस्तुतिहरु दिने गर्दथे । उनले ‘दिल दिने कुरा, क्या राम्रो नेपाल, माया तिम्रो त्यो, हातैमा घडी, तिम्रै वरिपरि’ जस्ता गीतहरु गाएका छन् । राष्ट्रीय, लोक, लोक पप, आधुनिक गीतहरु गाएका शशी भन्छन्- ‘गायक भएपछि सबै खालका गीत गाउनु पर्छ ।’ आफूलाई भर्सटाईल गायक भन्न रुचाउने उनी भन्छन्- ‘सुरु सुरुमा त गीत गाउन धेरै गाह्रो भएको थियो, पछि रमाइलो लाग्दै गयो र सहज पनि हुँदै गयो ।’ उनी गीत लेख्ने र कम्पोज दुबै काम गर्छन् । उनले गाएका गीतमा प्राय: आफ्नै शब्द र सङ्गीत रहेका छन् भने उनले अरुको गीतमा पनि सङ्गीत दिएका छन् । ‘सबै तयारी भैसकेको छ, चाँडै नै नयाँ कोसेली लिएर स्रोता-दर्शकमाझ देखा पर्ने छु’ उनले जानकारी दिए । उनी आफूले गाएको गीतमा आफैं अभिनय पनि गर्दछन् र अभिनयमा समेत उत्तिकै रुची भएको उनले बताए । सानै उमेरदेखि गीत सङ्गीतमा रुची र गायक बन्ने रहर थियो तर यति चाँडै गायक बन्छु होला भन्ने चाहिं सोचेको थिइन’ उनी यथार्थ स्पष्ट पार्छन् । ‘सङ्गीत सिक्दैछु र प्रयास गर्दै छु । सङ्गीत सिर्जना र प्रस्तुतिलाई निरन्तरता दिने छु’ उनले म्युजिक डायरीलाई बताए ।
भर्सटाईल शशि शेखर
August 29, 2018
August 29, 2018
सम्बन्धित खबरहरु
राज टाइगर र जानु कार्की अभिनित म्युजिक भिडिओ ‘एउटै चाहना’ सार्वजनिक
November 20, 2024
लामो समय पछि रोमान्टिक भावमा गायक शिशिर योगी
November 18, 2024
एक अर्काप्रतिको प्रेम र समर्पण भावमा ‘जे जे माग्छौ माग’
November 16, 2024
गीतकार भीम धितालको म्युजिक भिडिओ ‘तिमी त साँच्चै BEAUTIFUL’ सार्वजनिक
November 13, 2024
प्रेममा उतारचढाव भइरहन्छ, ‘यस्तै हो मायामा’
November 9, 2024
‘हामी नसुतौं उठौं’ जागरण गान आजदेखि सुन्न सकिने
October 26, 2024
एआई, सङ्गीत र सर्जकहरुको भविष्य
October 10, 2024
यथार्थपरक कथामा दीपेन्द्र अधिकारीको दसैं-तिहार गीत
October 10, 2024
यात्रामा भेटिएकी युवतीको प्रेममा गायक कन्हैया सिंह परियार
October 4, 2024
आफ्नै सङ्गीत गुरुसँग युगल गायनमा आइस्मा
September 22, 2024