मेनुकाको स्वरमा मार्मिक गीत ‘तिमी मरेर गयौ भन्ने’

 

गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नी श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएता पनि रेकर्डिङ गर्ने र बजारमा ल्याउने काम भने भर्खरै भएको छ । गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी ‘शरद’ ले अति नै मीठो संगीत भरेका छन् भने बि बि अनुरागीको संगीत सम्योजन न्यायपूर्ण छ । नेपाल आइडल प्रतियोगी र सबैको मन मनमा बस्न सफल मेनुका पौडेल गीतको भाव अनुसार नै न्याय गर्न सफल भएकी छिन् । यो गीतको सम्पूर्ण टिमले नै दर्शक, श्रोताहरुले गीत मन पराउने आशा ब्यक्त गरेको छ । गीतकार राजबाबु श्रेष्ठ ‘सागर ‘ को वास्तविक घटनामा आधारित गीत ‘तिमी मरेर गयौ भन्ने’ सार्वजनिक भएको छ ।