एकल स्वरमा पारस

पत्रकार तथा भाषा सम्पादक पारस नेपालको एकल स्वरमा रहेको राष्ट्रिय गीतको एल्बम ‘धरोहर’ पर्यटन बोर्ड, काठमाण्डौको सभा हलमा आयोजित एक समारोहमा बिमोचन गरिएको छ l कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ गायक/सङ्गीतकार प्रेमध्वज प्रधान र प्राध्यापक अभि सुवेदीले एल्बमको संयुक्त रुपमा विमोचन गरेका थिए l एल्बममा जुगल डंगोलको एकल सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l
विमोचन समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित गीत ‘कस्तो हुन्थ्यो’ को भिडियो समेत प्रदर्शन गरिएको थियो l भिडियो डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् l गायक पारस नेपालले यसअघि ‘कालापानी नालापानी’ बोलको राष्ट्रिय गीत प्रकाशन गरेका थिए l एल्बमका लागि विशिष्ठ व्यक्तिहरुको गीतमा सङ्गीत गर्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै सङ्गीतकार जुगल डंगोलले यो एल्बम आफ्नो सङ्गीत करियरकै विशेष भएको धारणा राखेका थिए l