दर्शकको रोजाईमा ‘निरमाया’

प्रतिभावान गायक समीर मोक्तानको आवाजमा रहेको “निरमाया” बोलको रमाईलो डान्सिङ गीतको म्युजिक भिडियोले रिलिज पछिको छोटो समयमै अत्याधिक सफलता पाएको छ ।

भारतीय रियालिटी शो डिआईडीका चर्चित नेपाली डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री र हालकी चर्चित मोडेल अलिशा राईको अभिनय रहेको “निरमाया” मा डि.पी. खनालको शब्दरचना, शंकर थापा ‘स्माईल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

राजिव समरले निर्देशन गरेको यस गीतको भिडियोका छायाकार अनिल कुमार मानन्धर हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका छन् । सुशान्त खत्री र राजिव समरको कोरियोग्राफी रहेको “निरमाया” को भिडियोलाई डश म्युजिक प्रा.लि. ले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो l