गायिका महिमा विश्वकर्मा र गायक नेत्र भण्डारीले टिपिकल भाकामा तीजगीत बजारमा ल्याएका छन् । नजिकिदै गरेको नारीहरुको तीज पर्वलाई लक्ष्यित गर्दै महिमा र नेत्रले ‘पसिना ’ शीर्षकको तीज गीत बजारमा ल्याएका हुन् । महिलाहरुको पीर-ब्यथा समेटेर तीजगीत गाएको उनीहरुले बताए ।
यस गीतमा नेपाली ग्रामिण परिवेशका महिलाहरुका पीडालाई समेट्ने प्रयास गरिएको छ । तीजकै लागि भनेर किनिदिएको नयाँ लुगा लगाएर घर नजिकै मन्दिरमा फुरुङ्ग परेर नाचेको अवस्थामा महिलाहरुको अनुहारमा छाएको उमङ्गलाई गीतमा समेटिएको कुरा गायक नेत्र भण्डारीले बताए ।
गीतमा सन्ध्या केसीको शब्द तथा नेत्र भण्डारीको लय सिर्जना रहेको छ । खोला तर्न नसकेर माझीको प्रतिक्षामा बसेको मात्रै हैन, माईतीघरमा चेलीबेटी जम्मा भएर रमाईलो गरेको प्रसङ्ग समेतलाई सम्झना स्वरुप गीतमा आफूले कोरेको सन्ध्याले बताईन् ।
गीतमा अजय रेग्मीको छायाँकन , दीपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ भने करिष्मा ढकाल र सुमन परियारले अभिनय गरेका छन् ।
– रोशन पोखरेल, काठमाण्डौ ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/x1RtsUurddw” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>