रगंमञ्चमा नेप–ग्याजम लाइभ स्टयाण्ड-अप कमेडी शो सिजन ३

विगतका केही महिनादेखि युट्युबमा निकै नै चर्चा कमाउँदै आएको ‘नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो’ ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिबारको दिन ‘लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३’ राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हास्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शकलाई भरपूर मनोरञ्जन दिन सकिन्छ भन्ने ‘नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो’ ले प्रमाणित गरेको छ ।

सिजन १ र सिजन २ को सफलता पछिको यो तेश्रो सिजनमा पाँचजना हास्य कलाकारहरु लेखमणि त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आर्टिष्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतिहरु दिएर उपस्थित करिव २५० दर्शकहरुलाई २ घण्टासम्म हँसाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन् भने कार्यक्रममा उपस्थित दर्शकहरुले फेरिपनि यस्तो कमेडी सो आयोजना गर्न आयोजकसँग माग गरेका थिए ।

कार्यकमलाई वेष्ट डिल्स नेपाल, बाइक होलिकसर्भिस प्रा.लि. र द क्ले – टेक सलुशन प्रा.लि. ले प्रायोजन गरेका थिए भने भेन्यू पाटनर सर्वनाम थिएटर रहेको थियो ।