अमेरिकामा अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ( INJA) गठन, अध्यक्षमा लुईटेल सहित विदेशी पत्रकारहरु सल्लाहकारमा

पत्रकारिता पेशामा लामो समयदेखि काम गरिरहेका र हालसम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रबाट अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ ( INJA) को गठन गरेको घोषणा गरेका छन् । सङ्घीय अवधारणाको मूल उद्देश्य लिएर उक्त संस्था अगाडि बढ्ने कुराको जानकारी दिइएको छ भने पत्रकार भेटघाट कार्यक्रम मार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिति गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत सल्लाहकारमा नियुक्त गरेको जानकारी दिईएको छ । बुधवार अगस्त १ तारिखमा अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्समा पत्रकार सम्मेलनको आयोजना गरी यस बारेमा विस्तृत जानकारी गराईएको हो ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (INJA) विधिवत रुपमा अमेरिकाको सङ्घीय तथा राज्य सरकारमा दर्ता भएको छ भने संस्था गैर नाफामूलक भएको जनाईएको छ । सङ्घले विश्वभरि छरिएका नेपालीभाषी पत्रकार तथा पत्रकारका छाता सङ्गठनहरुलाई एक सूत्रमा बाँधी उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा त्यस मुलुकको मूल सन्चार क्षेत्रमा आवद्ध गराई व्यावसायिक पत्रकारिताका लागि पहल र सहयोग प्रदान गर्ने जस्ता उद्देश्य लिएको पत्रकार भेटघाटमा जानकारी दिईएको छ । कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर विशुद्ध रुपमा नेपाली पत्रकारिता जगतलाई व्यावसायिक रुपले उनीहरुको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्नका लागि नै यो संस्थाको स्थापना गरिएको कुरा संस्थाका सहजकर्ता सुनिलमणि दाहालले जानकारी गराए ।

पत्रकार सम्मेलनमा गुणराज लुइँटेल सभापतिमा सर्व सम्मतिबाट चयन भएको र बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेको कुरा जानकारी गराईएको थियो । यसैगरी उप सभापतिहरुमा सुनिलमणि दाहाल {अमेरिका }, विष्णु शितल {अमेरिका}, टंक पन्त{एसिया}, मनऋषि धिताल {अस्ट्रेलिया}, अनुराधा पौडेल{यूरोप} तथा डा. किस्मत भण्डारी{क्यानडा} रहेका छन् । यसैगरी महासचिवमा अमेरिकाका शिव विष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार, संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा विष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भएका छन् ।

यसैगरी समिति सदस्यहरुमा अमेरिकाबाट भूपेन्द्र थापा, विश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल रहेका छन् भने दुवईबाट सुवाश शर्मा, नेपालबाट कृष्ण ढुंगाना तथा ओमानबाट बिनेश खनाल, यसैगरी साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्वज्ञ वाग्ले, स्विटजर्ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन् । सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन विश्व विद्यालयका प्रा. क्रिस्टोफर जे फरेल, सहायक प्रा. जेफ साउथ, एसपीजे का रविन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा. घमराज लुइँटेल रहेका छन् ।

-विजय थापा

[ तस्बिर :राजिव श्रेष्ठ ]