उदितसो र सुषमाको “जे भने नी मान्छु ”

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रियशी म्युजिक प्रालिको प्रस्तुतिमा उदितसो बुढा मगर र सुषमा थापाको लोकदोहोरी गीत “जे भने नि मान्छु” को भिडियो बजारमा सार्वजनिक भएको छ । युट्युवबाट सार्वजनिक गरिएको यस गीतमा गायक उदितसो बुढा मगर र गायिका भिमा कुमारी अनुुरागीको स्वर रहेको छ । गीतमा आफनी श्रीमतीको सम्पूर्ण चाहना पूरा गर्नको लागि गायक बुढा तयार रहेका छन् । दिन प्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा “जे भने नि मान्छु” को भिडियो दर्शकको रोजाई बन्ने कुरामा निर्माण टिम विश्वस्त रहेको छ । भोजराज गैरेको शब्द तथा लय सिर्जना रहेको यस गीतको भिडियो मुकेश हुमागाईले छायाँकन र अविनास डिसीले सम्पादन गरेका हुन् । मौलिक भाकामा आधारित गीतमा एलिना रायमाझी र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन् ।

– रोशन पोखरेल,काठमाण्डौ